arrow

माधव नेपालले भने-एमालेको नेतृत्वमा राजावादी गठबन्धन छ, अर्कोतर्फ हामी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
madhav-nepal.PNG

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी एवं सत्ता गठबन्धन दलका अध्यक्ष माधव कुमार नेपालले देशमा प्रतिगामी र प्रगतीशील गठबन्धन रहेको बताएका छन् । एकातर्फ नेकपा एमालेको नेतृत्वमा प्रगतिगामी गठबन्धन रहेको र अर्कोतर्फ आफूहरूको नेतृत्वमा प्रगतिशील गठबन्धन रहेको टिप्पणी गरेका हुन् ।

पाँच दलीय सत्ता गठबन्धनको काठमाडौँको शान्तिबाटिकामा आयोजित संयुक्त चुनावी आमसभामा बोल्दै उनले एमालेको नेतृत्वमा दक्षिणपन्थी, राप्रपा जस्ता राजावादी, संविधान विरोधी गठबन्धन रहेको टिप्पणी गरेका छन् ।

अर्कातर्फ संविधान जोगाउने, समाजवादको बाटोमा लागेको, देशमा सुशासन लागु गर्नुपर्छ भन्ने, धर्मनिरपेक्षताको पक्षमा रहेको प्रगतिशील गठबन्धन रहेको बताएका छन् । 

यी दुईमध्ये जनतालाई सोचविचार गरेर गठबन्धन रोज्न उनले आग्रह गरेका छन् । अध्यक्ष नेपालले यसअघि पनि आफू प्रधानमन्त्री भएको बेला समेत थुप्रै दल मिलाएर सरकार बनाएको बताए ।

बहुमतको सरकारले खासै स्थापित हुन नसकेको भन्दै उनले अहिले पनि एकताबद्ध भएर जानुको विकल्प नरहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ