arrow

गठबन्धन भन्दा प्रतिगमन शक्तिशाली छ मिलेरै जाऔँ – चित्रबहादुर केसी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख २३ शुक्रबार
chitra-bahadur-kc-2079.jpg

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सबैलाई अभिनन्दन गरेपछि जयनेपाल र लासलाम भन्न नपर्ने बताएका छन् । पाँच दलीय सत्ता गठबन्धनको काठमाडौँको शान्तिबाटिकामा आयोजित संयुक्त चुनावी आमसभामा बोल्दै उनले पाँच दलीय गठबन्धनमा कसैलाई जयनेपाल, लालसलाम, अभिवादन भन्न नपर्ने भन्दै अभिनन्दन गरेपछि सबैलाई हुने बताए । 

उनले देश चुनावमय भएको भन्दै उनले काठमाडौं महानगरपालिकाबाट देशभर र अन्तर्राष्ट्रिय रुपमा प्रभाव पर्ने भएकाले मेयरको महत्व धेरै हुने बताए । नेता केसीले सिर्जना सिंहले त्यो कमान सम्हाल्न सक्ने विश्वास व्यक्त गरे । 

जनमोर्चामाथि अहिले आक्रमण भइरहेको भन्दै नेता केसीले यसको प्रतिवाद गर्नुपर्ने बताएका छन् । उनले चार वर्ष अगाडि नै आफूलाई कांग्रेसले वाम गठबन्धनमा सामेल नहुन आग्रह गरेको भए पनि आफूले वाम गठबन्धन नै रोजेको खुलासा गरे । 

उनले झण्डै दुई तिहाईको वाम गठबन्धनको सरकार बने पनि त्यो समर्थन खेर गएको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद त देख्नै नहुने भन्दै केसीले २०७७ पुस ७ गते संसद विघटन गरेपछि जनमोर्चाले तत्कालै प्रतिगमन भएको आरोप लगाउँदै गणतन्त्रवादीहरु एक हुनुपर्ने विज्ञप्ति निकाले पनि कसैले वास्ता नगरेको बताए । 

नेता केसीले प्रतिगमन हुन्छ भन्ने जानेकै भएकाले गठबन्धन जरुरी रहेको उनले बताए । उनले २०१७ सालमा पञ्चायतले कू गरेको भन्दै तीस वर्ष वामपन्थी र प्रजातान्त्रिक शक्ति मिलेरमात्रै पञ्चायतको घुँडा टेकाएको बताए । 

पञ्चायतले घुँडा टेकेको भए पनि र ४७ सालको संविधान लेखिएको भए पनि प्रतिगमन अझै झुकेको छैन भन्दै हिँडेको उनले स्मरण गरे । 

नेता केसीले प्रतिगमनविरुद्ध प्रजातान्त्रिक शक्ति र वाम शक्ति सधै एक भएको पनि उनले बताए । 

अहिले पनि गठबन्धनलाई तोड्ने प्रयास भइरहेको भन्दै नेता केसीले नेकपा एमालेको प्रतिगमनको चरित्रप्रति सचेत हुनुपर्ने बताए । 

उनले यही व्यवस्था ल्याएर पनि आफूहरुका समस्या समाधान नभएको भन्दै जहिले गर्मी हुन्छ तहिले काठमाडौंमा फोहर थुप्रने भन्दै सचेत हुनुपर्ने बताए । 

उनले अहिले पनि २०७२ को संविधान र अहिलेको गणतन्त्र जोगाउन मुस्किल भएकोसमेत बताए । 

पाँच दलभित्र आफ्नै समस्या रहेको भन्दै नेता केसीले बेग्लाबेग्लै दर्शन भएका पाँच दलभित्र मतभेद र विरोध भए पनि मिलेको कुरामा मात्र मिलेर जाने हो भने । 

उनले गठबन्धन भन्दा प्रतिगमन शक्तिशाली भएको भन्दै कुनै पनि बेला खतरा हुनसक्नेतर्फ सचेत गराए । उनले गठबन्धन लामो समयसम्म जानुपर्ने संकेत पनि गरेका छन् । 

उनले चन्द्रागिरी नगरपालिकामा उपमेयरमा जनमोर्चाले उम्मेदवार उठाएको भन्दै सघाउन आग्रह गरे । उनले आफ्नौ हैसियत अनुसार जनमोर्चाले उम्मेदवार खडा गरेको भन्दै आफूहरुले अन्त बेइमान नगर्ने तर आफूहरुलाई पनि सघाउनु पर्ने बताए । 

उनले इमानदारीपूर्वक गठबन्धन गर्नुपर्नेमा जोड दिँदै चुनावमा एकले अर्कालाई सघाउनु पर्ने बताए । 

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरूले स्थानीय आवश्यकतानुसार चुनावी तालमेल गरेका छन् । निर्वाचनको तयारीका लागि गठबन्धन दलले बिहीबार चितवनमा आमसभा गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ