arrow

'हरेक जिल्लामा विरोधका स्वर सुनिएकाले व्यवस्थापन गरेर अघि बढ्नुपर्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ६ मंगलबार
sasanka.png

चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले गठबन्धनभित्रको तालमेलले कांग्रेसभित्र विरोधका स्वर सुनिएकाले जिल्लामा व्यवस्थापन गरेर अघि बढ्नुपर्ने बताएका छन् । 

चितवन पुगेका पूर्व महामन्त्रीसमेत रहेका नेता कोइरालाले हरेक जिल्लामा विरोधका स्वर सुनिएको भन्दै यसलाई व्यवस्थापन गरेर अघि बढ्नुपर्ने बताएका हुन् । 

उनले भने “निर्णय आएपछि सम्झाउनुपर्ने हुन्छ । हामीसँग समय पनि छ ।” कार्यकर्तालाई सम्झाउन कठिन हुने भन्दै उनले गठबन्धनभित्रका दलले आफ्नो जनाधार कमजोर भएका ठाउँसमेतमा माग गरेका कारण टुङ्गो लाग्न कठिन भएको बताए ।

आज साँझसम्म गठबन्धनभित्र टुङ्गो लाग्ने बताएका छन् । निर्णय नआएसम्म केही भन्न नसकिने बताए । गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने उनले बताए । दलबीचमा बनेको राजनैतिक उच्चस्तरीय समितिको निर्णय सबैले पालना गर्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ