सरकारले पुँजीगत खर्च गर्न सकेन, आठ महिनामा ७७ अर्ब मात्र सकियो
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २९ मंगलबार
346
Shares
फाइल तस्बिर
काठमाडौँ। अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि सरकारले पुँजीगत खर्च गर्न सकेको छैन। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा सरकारले मात्र ७७ अर्ब १५ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ।
आर्थिक वर्ष २०७८/७९ को फागुन मसान्तसम्ममा सङ्घीय सरकारले कुल ६ खर्ब ७५ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ।
उक्त अवधिमा चालुतर्फ ५ खर्ब ३८ अर्ब ४४ करोड रुपैयाँ, पुँजीगततर्फ ७७ अर्ब १५ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत ५९ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा संघीय सरकारको कुल राजस्व ६ खर्ब ८४ अर्ब ७० करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँड हुने रकम समेत) परिचालन गरेको छ।
यसमध्ये कर राजस्वतर्फ ६ खर्ब २७ अर्ब ९० करोड रुपैयाँ र गैर कर राजस्वतर्फ ५६ अर्ब ८० करोड रुपैयाँ परिचालन भएको छ।