काठमाडौं । सर्ट भिडियो सेयरिङ प्लेटर्फम टिकटकले नयाँ फिचर 'वाच हिस्ट्री' ल्याइरहेको देखिएको छ । यो फिचरले एपमा प्रयोगकर्ताले हेरिसकेका भिडियोहरु हेर्न दिनेछ ।
भर्खरै हेरेका भिडियोहरु फेरि हेर्नका लागि कुनै विकल्प नहुँदाको अवस्थामा वाच हिस्ट्रीले पहिले वाच गरेका अर्थात् हेरेका भिडियोहरु देखाउनेछ ।
सामाजिक सञ्जाल सल्लाहकार म्याट नवाराले ट्वीटर प्रयोगकर्ता ह्यामोड ओहको पोस्ट सेयर गर्दै टिकटकले वाच हिस्ट्री फिचर परीक्षण गरिरहेको बताएका छन् ।