arrow

कांग्रेस गण्डकी प्रदेशको प्रचार विभाग प्रमुखमा पौडेल नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
Ramesh Poudel.jpg

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रचारप्रसार विभाग प्रमुखमा रमेश पौडेल नियुक्त भएका छन् । पार्टीको विधान, २०१७ (संशोधनसहित) को परिच्छेद ४ धारा १३ (१०) (झ) बमोजिम प्रदेश सभापति शुक्रराज शर्माले पौडेललाई नियुक्त गरेका हुन् ।

कांग्रेसको प्रदेश कार्यसमिति सदस्य रहेका पौडेलसँग तीन दशकभन्दा बढी पत्रकारिताको अनुभव छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीका पौडेल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष एवं रेडियो वाराहीका कार्यकारी निर्देशक छन् । उनले कानूनमा स्नातकदेखि पत्रकारिता, राजनीतिक शास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

उनी बोर्डकाष्टिङ एशोसिएशन अफ नेपाल (बान) का पूर्व उपाध्यक्ष रहेका पौडेल अनुसन्धानमूलक लेखा रचनासमेत प्रकाशित गर्दै आएका छन् । पत्रकारिताको प्रशिक्षण दिनुका साथै विकास र ग्रामीण पत्रकारिता एवं राजनीतिक बिटमा बढी कलम चलाउन रुचाउँछन् ।

नीतिको मूल्य पनि राजनीति भएकोले अबको रोजाइ पार्टी राजनीतितर्फ भएको उनको भनाइ छ । उनले भने, ‘पार्टीले जिम्मेवारी दिएपछि पार्टी विधान अनुरूप सञ्चार विभागलाई अघि बढाउने छु ।’ पौडेलले जनताको पक्षमा कलम चलाउने पत्रकार र मिडिया सञ्चालकलाई एकबद्ध भएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

यसैबीच, नेपाली काँग्रेस गण्डकीले अन्य विभाग पनि छिट्टै गठन गर्न लागेको प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ