arrow

कांग्रेसलाई १३ सिटमा झार्छु भन्ने ओलीलाई नौ प्रश्नसहित पत्र 

logo
महेश्वरी कुँवर,
प्रकाशित २०७८ चैत ६ आइतबार
maheshwari-kunwar-nsu.jpg

ओली महोदय, तपाईले नै होइन आदरणीय प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्कालीन अवस्थामा कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेर घोषणा गरेको ?

खोइ, रेल र पानी जहाज ? रेल र पानीजहाजको टिकट काट्ने मितिको घोषणा गर्ने तपाई नै होइन ? घर घरमा ग्यास पाइप पुर्याउने भनेको होइन ?

मैले निर्वाचन जिते भोकै कोही मर्नु पर्दैन भन्दै सुतेकै ठाउँमा खाना पुर्याइने भन्ने तपाई नै होइन ?

भ्रष्टाचारीको अनुहार पनि हेर्दिन भन्दै यति, ओम्नी, ढकाल, ईश्वर र गोकुलधामलाई क्याबिनेटमै पालेको कस्ले हो ?

अनि अब कांग्रेसलाई १३ सिटमा पुर्याउने काम बाँकी हो ?

महोदय,
तपाईलाई जनताले धेरै प्रश्न गर्नेवाला छन् । अलिक होश गरेर बोल्नुहोस्, हिंड्नुहोस् । तपाईका साढे तीन वर्ष माथिका कर्मले जनताहरु निराश मात्र छैनन् आक्रोशित छन् । आफ्नो ख्याल राख्नुहोस् ।

कोभिडको महामारीमा ज्यान हत्केलामा थापेर नाङ्गै महाकाली नदी तर्दै देश प्रवेश गर्न अभिशप्त गराउने को हो ? देश नागरिकको अन्तिम भरोसा हो, जीवन र मृत्युको मुखमा पुग्दा तपाईले आफ्ना नागरिकलाई अनागरिकलाई करार गरेको ऋण कहिले तिर्नुहुन्छ ?

कांग्रेसलाई १३ त के ११३ मा पनि राख्न सक्नु हुन्न । पार्टी एकताको नाममा जनतालाई ठगेर ल्याएको मतको घमण्ड कम्तीमा अब नबोक्नुस् ।

कांग्रेसलाई होच्याउने गफमा भन्दा काममा लाग्नु होस्।

आफ्नो निर्वाचन क्षेत्रबाट जिते मात्रै पनि तपाईको ठूलो सफलता हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ