- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । यसबाट दुर्गम गाउँका बिरामीलाई स्वास्थ्य संस्था तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म आवतजावत गर्न सहज भएको छ ।
गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने जनताले सहज स्वास्थ्य सेवा पाउन भन्ने ध्येयले एम्बुलेन्स सेवा सञ्चालन गरिएको जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत मिलन बुड्थापाले एम्बुलेन्सबाट वडा नं ७ र ८ का भेरीखेला क्षेत्रका नागरिकलाई बढी राहत पुगेको बताए ।
विपन्न नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने पालिकाको लक्ष्य छ । सबै वडाका अधिकांश बस्तीमा सडक पुगिसकेको जनाइएको छ । रासस