सिन्धुपाल्चोक एमालेका दर्जनौं नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, सभापति देउवाले दिए सदस्यता
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
748
Shares
काठमाडौं । सिन्धुपाल्चोकका नेकपा एमालेका दर्जनौं नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आज नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई पार्टी मुख्यालय वीपीनगर सानेपामा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमालेबाट निर्वाचित बलेफी गाउँपालिका सिन्धुपाल्चोक अध्यक्ष तथा एमाले वागमती प्रदेश केदार क्षेत्री, एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, एमाले जिल्ला सदस्य सुभाष सुन्दास, एमाले नेता विष्णु तिमिल्सिनासहित दर्जनौं नेता तथा कार्यकर्ता हुन् ।
सो अवसरमा उनीहरुलाई देउवाले पार्टी सदस्यतासमेत वितरण गरेका छन् । स्थानीय तहको निर्वाचनको मिति तोकिइसकेका अवस्थामा एमालेका निर्वाचित अध्यक्ष कांग्रेसमा प्रवेश गर्नुलाई निकै ठूलो महत्वका साथ हेरिएको एक कांग्रेस केन्द्रीय सदस्यले बताए ।