arrow

जबरालाई महाभियोग लगाउनेबारे समिति गठन, ११ जनामध्ये चार जना एमालेका 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
Screenshot 2022-03-06 142035.jpg

काठमाडौं । प्रतिनिधि सभाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने सम्बन्धमा छानबिन गर्न महाभियोग सिफारिस समिति बनाइएको छ । समितिमा ११ जना सदस्य रहेका छन् । 

जसमा प्रमुख प्रतिपक्ष एमालेका ४ जना रहेका छन् । नेपाली कांग्रेसबाट दुई, माओवादी केन्द्रबाट दुई, नेकपा एकीकृत समाजवादीबाट एक, जनता समाजवादी पार्टी जसपाबाट एक तथा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट एक जना रहेका छन् ।

एमालेबाट विष्णुप्रसाद पौडेल, लालबाबु पण्डित, डा. शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल रहेका छन् । कांग्रेसबाट मिनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट तथा माओवादीबाट यशोदा गुरुङ सुवेदी र रेखा शर्मा रहेका छन् । 

त्यस्तै नेकपा एसबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह र लोसपाबाट एकवाल मियाँ रहेका छन् । उक्त प्रस्ताव बहुमतको ध्वनि मतले स्वीकृत भएको छ । 

तर यस विषयमा नेकपा एमालेले भने केही बोलेको छैन । 

सभामुखले यो प्रस्ताव गरिरहँदा एमालेले नाराबाजी गरिरहेको थियो । 

अब अर्को बैठक २९ फागुनमा बस्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ