arrow

संसदमा प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगः समिति गठनको प्रस्ताव सभामुखले ल्याउने  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
cholendra-rana-chief-justice.jpg
तस्बिर– फाइल

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लगाउने बारेमा छलफल हुने भएको छ । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा ल्याउने कार्यसूचीबारे छलफलमा जबराविरुद्ध महाभियोग प्रस्तावलाई छलफलमा ल्याउने निर्णय गरेका हुन् । 

आजको संसद बैठकमा सभामुख सापकोटाले नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवं प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६२ बमोजिमको महाभियोग सिफारिस समिति गठन सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ