arrow

फेरि स्थगित भयो कांग्रेस १६ जिल्लाको अधिवेशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
nepali-congress-flag-tree00.jpg

काठमाडौं । नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ । फागुन १५ गतेदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको हो ।

कांग्रेसले बुधबार एक सूचना जारी गर्दै ती जिल्लाको अधिवेशन फागुन २० गते हुने कांग्रेसले जनाएको छ । मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ