सर्लाही । नेपाली कांग्रेस लालबन्दी १० को शनिबार वडा कार्यालय उद्घाटन गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा वडा कार्यालय उद्घाटन गरिएको हो ।
लालबन्दी १० का सभापति उदय पाख्रिनको अध्यक्षतमा वडा कार्यालय उद्घाटन गरिएको हो । कांग्रेस मधेस प्रदेशका उपसभापति तथा मधेस प्रदेशका महिला, बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह प्रमुख अतिथि रहेको कार्यक्रममा मधेस प्रदेशका प्रदेश सदस्य ध्रुव सिजाल , क्षेत्रीय सभापति हरि लुङगेली, नगर सभापति, महाधिवेशन प्रतिनिधि, वडा तथा नगरका नेपाली कांग्रेसका कार्यकर्ताको उपस्थितिमा वडा कार्यालय उद्घाटन गरिएको हो ।
वडा कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै वक्ताहरुले प्रजातन्त्र प्राप्त गर्न कांग्रेसले खेलेको भूमिकाको बारेमा चर्चा गर्दै आज प्रजातन्त्रका बारेमा आवश्यकताको मन्तव्य राखेको महाधिवेशन सदस्य युवराज देवकोटाले जानकारी दिए ।