arrow

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
congress-karyasampadan-meeting-1st.JPG
फाइल तस्बिर

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलवार केही बेरअघि बैठक सुरु भएको कार्यालय सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए।

गत बिहीबार सुरु भएको बैठकमा अधिवेशन गर्न बाँकी १६ जिल्लाको अधिवेशन गर्ने, म्याद समाप्त भएका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन गराउने विषयमा छलफल भइरहेको छ। छलफल सकिए बैठकका निर्णय आजै सुनाउने रिजालले बताए। बैठकको एजेन्डामा नभए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाभियोगबारे पनि छलफल हुँदै छ। महाभियोग दर्ता भइसकेपछि पार्टीको अबको रणनीतिबारे बैठकमा छलफल गर्ने काँग्रेसले जनाएको छ।

कांग्रेसले यसअघि आजै बिहान बसेको संसदीय दलको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले एमसीसी प्रस्ताव सदनमा अघि बढाउन आग्रह गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ