कविर राणाकी आमाको निधन, कांग्रेसद्वारा दुःख व्यक्त
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
779
Shares
काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका नेता कविर राणाको आमाको निधन भएको छ । पूर्व महासमिति सदस्य समेत रहेका राणाकी ८३ वर्षीया मीनकुमारी राणाको निधन भएको हो ।
कांग्रेसले पार्टीका देशान्तर साप्ताहिकका प्रधान सम्पादक राणाको आमाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट शोक वक्तव्य जारी गर्दै राणाकी ८३ वर्षीय आमा मीनकुमारीको माघ १५ गते भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
स्व राणाले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको र उनको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको कांग्रेसले बताएको छ ।
सभापति देउवाले स्व राणाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।