उत्तर कोरियाद्वारा मिसाइल प्रक्षेपणको अन्तरिक्षबाट खिचेको तस्बिर सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १७ सोमबार
274
Shares
काठमाडौं । उत्तर कोरियाले आइतबार प्रक्षेपण गरेको सन् २०१७ यताकै ठूलो मिसाइलको अन्तरिकक्षबाट खिचिएको तस्बिर सार्वजनिक गरेको छ । यो मिसाइल अमेरिकी भूमिमा मार हान्न सक्ने क्षमताको रहेको छ ।
सोमबार उत्तर कोरियाली राज्य सञ्चालित समाचार एजेन्सी केसीएनएले आइतबार प्रक्षेपण गरिएको मिसाइल अमेरिकी प्रशान्त क्षेत्र गुआमसम्म पुग्न सक्ने मध्यवर्ती दूरीको ह्वासोङ१२ मिसाइल भएको दाबी गरेको हो।
यो क्षेप्यास्त्र सन् २०१७ को उत्तरार्धयता परीक्षण गरिएको सबैभन्दा शक्तिशाली थियो । आइतबार मिसाइल प्रक्षेपण जनवरी महिनामा गरिएको सातौं मिसाइल परीक्षण थियो ।
उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो राष्ट्रलाई वैधानिक रुपमा आणविक शक्ति भएको राष्ट्रका रुपमा स्वीकार गर्न तर्फ पहल गर्दै आएका छन् । अर्कातर्फ उत्तर कोरियामाथिको प्रतिबन्ध फुकुवा गर्नका लागिसमेत उनी यसै किसिमले अघि बढ्न खोजेका छन् ।
आइतबार प्रक्षेपण गरिएको मिसाइल २ हजार किलोमिटर उचाइसम्म पुगेर ८ सय किलोमिटर पर जापानी समुद्रमा खसेको थियो । यो मिसाइलले अमेरिकी भूमि गुआमसम्म मार हान्न सक्छ ।