arrow

चन्द समूहको बन्दमा ४८ जना पक्राउ

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1724703407.jpeg
काठमाडौं । नेत्रविक्रम चन्द समूहले गरेको एक दिने नेपाल बन्दका क्रममा जबरजस्ती बन्द गराउँदै हिड्ने र उश्रृंखल गर्ने ४८ जना पक्राउ परेका छन् ।  भारतीय नाकाबन्दीविरुद्ध आइतबार गरेको नेपाल बन्दको प्रभाव काठमाडौँ उपत्यकामा नपरेपनि देश पूर्वी र पश्चिमी क्षेत्रमा केही असर परेको थियो । 
 
गृह मन्त्रालयले दिएको जानकारी अनुसार बन्दका क्रममा चन्द नेतृत्वको नेकपा माओवादीका ४८ जना कार्यकर्ता पक्राउ परेका छन् । मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले धनगढी र कञ्चनपुरमा बन्दका क्रममा अवरोध गर्ने, जबर्जस्ती बन्द गराउन खोज्ने तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई नियन्त्रणमा लिएको जानकारी दिए ।  
 
प्रहरी नायब महानिरीक्षक हेमन्त पालले बन्दमा सार्वजनिक सम्पत्तिमा तोडफोड गर्नेलाई कानुनी कारबाही गरिने र शान्तिपूर्ण तरिकाले गतिविधि गरेका तथा बन्दको समर्थनमा समातिएकालाई प्रक्रिया गुगेपछि छाडिने बताए ।  चन्द माओवादीले नाकाबन्दीका कारण मुलुकमा उत्पन्न भएको असहज परिस्थिति तथा जनतालाई परेको मर्कालाई समाधान गर्न सरकालाई अविलम्ब विकल्प खोज्न माग गर्दै काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकाबाट शान्तिपूर्ण जुलुस निकालेको थियो । 
 
माओवादी कार्यकर्ताले जुलुसमा भारत सरकारकाविरुद्ध नाराबाजी गरे । माओवादी केन्द्रीय सदस्य तथा पूर्व सभासद् शरदसिंह भण्डारीले नेपाल भूपरिवेष्टित राष्ट्र भएकाले पारवहन अधिकारबाट बन्चित गर्ने चेष्टा गरेकाले विरोध गर्नु परेको बताए । उनले जनताले सास्ती खेपिरहेकाले चाँडो समस्या सुल्झाउन सरकारलाई आग्रह गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ