त्रिविका सबै परीक्षा ९ गतेदेखि स्थगित, इन्जिनियरिङ संकायका शुक्रबारदेखि नै
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ६ बिहिबार
361
Shares
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी माघ ९ गतेदेखिका सबै परीक्षाहरु स्थगित गरिएका छन् । त्रिविले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै सबै परीक्षा स्थगित गरेको हो ।
त्रिवि केन्द्रीय परीक्षा संचालक समितिको बिहीबारको बैठकले कोरोना भाइरसको महामारीका कारण ९ गतेदेखि अनिश्चितकालका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
यसैगरी इन्जिनियरिङ्ग संकायका भने शुक्रबारदेखि नै परीक्षा स्थगित गरिएको छ ।