arrow

कक्षा १२ को नतिजा सार्वजनिक

६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
national-exam-board-sano-thimi-bhaktpur-plu-2-result.jpg

काठमाडौँ  । कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार नियमित र आंशिक गरी समग्रमा ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

यस वर्षको परीक्षामा नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ गरी कुल ४ लाख १८ हजार १७० परीक्षार्थी सहभागी भएका थिए। 

तीमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० (६९.७५ प्रतिशत) र आंशिकतर्फ ३६ हजार ४२० जना (४२.३८ प्रतिशत) गरी कुल २ लाख ६८ हजार १९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गर्न सफल भएका छन्।

यसैबीच, परीक्षामा अनियमितता तथा अमर्यादित कार्य गरेको ठहरिएका ४० जना परीक्षार्थीमाथि बोर्डले कडा कारबाही गरेको छ। कारबाहीमा परेकामध्ये ३८ जना परीक्षार्थीको चालु खण्डका सबै विषयको परीक्षा रद्द गरिएको छ। बाँकी २ जना परीक्षार्थीको भने यो वर्षको परीक्षा रद्द गर्नुका साथै आगामी एक वर्षसम्म बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको परीक्षा बोर्डले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ