arrow

एसईई पूरक परीक्षाको नतिजा असार २५ गतेभित्रै प्रकाशन गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
see-slc-board-result-thimi.jpg

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्रै नतिजा प्रकाशन गर्ने गरी तीव्र तयारी गरेको छ।

आगामी असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुन लागेको पूरक परीक्षाको नतिजा असार २५ गतेभित्रै सार्वजनिक गरिने परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए। यसअघि नियमित तर्फको एसईई परीक्षाफल परीक्षा सकिएको एक महिनाभित्रै प्रकाशन गरिएको थियो।

यस वर्षको एसईई परीक्षामा कुल एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ (एनजी) भएका छन्। पूरक परीक्षामा तीमध्ये कति विद्यार्थीले सहभागिता जनाउँछन् भन्ने यकिन तथ्याङ्क भने अझै प्राप्त भइनसकेको परीक्षा नियन्त्रक अधिकारीले उल्लेख गरे। परीक्षामा ‘ग्रेड सी’ भन्दा कम श्रेणी प्राप्त गरेका विद्यार्थीहरू मात्र पूरक परीक्षामा सहभागी हुन पाउने कानुनी व्यवस्था छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ