सीसीएमसीसीको सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने, माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने तयारी
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २६ सोमबार
815
Shares
काठमाडौं । १५ माघसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने भएको छ ।
आइतबार मात्र सीसीएमसीसी ले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसार नै सोमबार सूचना जारी गर्न लागेको जानकारी दिए ।
सीसीएमसीसीले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।