मृतक रामकुमारको परिवारलाई कांग्रेस नेता आचार्यले पाँच लाख सहयोग गर्ने
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २४ शनिबार
490
Shares
सर्लाही । गत पुष ११ गते आइतवार राति ईश्वरपुर नगरपालिका–७ स्थित ईश्वरपुर नगरपालिकाको कार्यालय नजिकै प्रहरी भ्यानको ठक्करबाट ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो ।
मृतक रामकुमारका परिवारलाई कांग्रेस नेता मनोज आचार्यले आर्थिक सहयोग गरेका छन् । शनिबार बिहान मृतक रामकुमारको घरमा पुगेर नेता आचार्यले ५ लाख दिने घोषणा गरेका हुन् । सो घटनालाई लिएर आक्रोशित स्थानीयवासीले सोमबार र मङ्गलबार दुई दिन बयलवास बजारमा प्रदर्शन गरेका थिए ।
झडपमा ईश्वरपुर नगरपालिका–३, भक्तिपुरका १८ वर्षीय सञ्जय कुमार महतो गोली लागि घाइते भएका थिए । प्रहरीले चलाएको गोली लागेर घाइते सञ्जयको ट्रमा सेन्टर काठमाडौंमा उपचार चलिरहेको छ । घाइते सञ्जयको शिक्षाको जिम्मा समेत नेता आचार्यले लिएका छन् ।
त्यस्तै मृतक रामकुमारकी छोरी रोशनीको समेत शिक्षाको जिम्मा नेता आचार्यले लिएका छन् । नेपाली कांग्रेस ईश्वरपुर ५ वडा समितिले शनिबार आयोजना गरेको श्रद्धान्जली सभामा बोल्दै नेता आचार्यले सहयोग गर्ने घोषणा गरेका हुन् ।
श्रद्धान्जली सभामा कांग्रेसका नेताहरु नेत्रबहादुर कार्की, महेन्द्र महतो लगायतको उपस्थिती रहेको थियो । मृतक ईश्वरपुर नगरपालिका–५, सखुवनी खुबलाल टोलका हुन् ।