arrow

कांग्रेसमा रुपान्तरणको शुरुवात भइसक्यो: महामन्त्री शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २२ बिहिबार
biswaprakash-sharma1.jpg

इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सक्ने तागतको रुपमा बदल्ने बताएका छन् ।

विहीबार इलाममा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले कांग्रेसमा रुपान्तरणको शुरुवात भइसकेकाले पहिलो पार्टी बन्ने निश्चित भएको बताएका हुन् ।

उनले कांग्रेस नेतृत्वमा युवाहरुको आगमनले रुपान्तरण शुरु भएको उनको भनाइ थियो । महामन्त्री शर्माले महाधिवेशनमा पराजय भोगेका नेताहरु असक्षम भएका नभइ लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताए ।

आन्तरिक लडाईं भएकाले हार र जित नहुने उल्लेख गर्दै शर्माले अब आधुनिक कांग्रेस बन्नेमा ढुक्क हुनसमेत कार्यकर्तालाई अनुरोध गरे । बदलिएको कांग्रेस र बलियो कांग्रेस बनाउने आकांक्षाको जित भएको उनको भनाइ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ