कांग्रेस केन्द्रीय समितिमा झापाबाट मात्र पाँच जना विजयी
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ९ शुक्रबार
625
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय समितिमा झापाबाट मात्रै महामन्त्रीसहित पाँच जनाले स्थान पाएका छन् ।
निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै १३४ जनाको केन्द्रीय समितिमा झापाबाट पाँच जना निर्वाचित बनेका हुन् । महामन्त्रीमा विजयी भएपछि विश्वप्रकाश शर्माले झापा पुगेरै शुभेच्छुकहरुलाई सम्बोधन गरिसकेका छन् ।
कांग्रेसका पूर्व महामन्त्री तथा पूर्वगृहमन्त्री कृष्ण प्रसाद सिटौला र हालका महामन्त्री विश्वप्रकाश शर्माको गृह जिल्ला समेत रहेको झापाबाट केन्द्रीय समितिमा बलियो उपस्थिति बनेको छ ।
झापाबाट खस-आर्य खुला महिलातर्फबाट सरिता प्रसाइँ, खस–आर्यतर्फबाटै केशवकुमार बुढाथोकी, खस-आर्य महिला खुलामै सुशीला ढकाल आचार्य र प्रदेश १ महिला कोटाबाट महिन्द्राकुमारी लिम्बू विजयी भएका छन् ।
तर आदिवासी/जनजाति महिलातर्फबाट उषा गुरुङ र केन्द्रीय सदस्यमा सुधीरकुमार शिवाकोटीले भने पराजय व्यहोरेका छन् ।