रक्षामन्त्री डा. मिनेन्द्र रिजालद्वारा राजीनामाको घोषणा
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १ बिहिबार
1k
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम नेपाल सरकारका रक्षामन्त्री डा.मिनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आफूले प्रतिस्पर्धा गरेको महामन्त्री पदमा आएको प्रारम्भिक मत परिणामबाट असन्तुष्टी जनाउँदै मन्त्री पदबाट राजीनामाको घोषणा गरेका हुन् ।
बिहीबार कांग्रेस महामन्त्रीको मत गणना जारी रहँदा उनले सामाजिक संजालमा आफ्नो प्रतिक्रिया लेख्दै मन्त्री पदबाट राजीनामा दिने जनाएका हुन् ।
उनले सामाजिक संजालमा लेखेका छन्,‘ नेपाली काङ्ग्रेसको १४औं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।’
दुई महामन्त्रीका लागि ६ जनाबीच भिडन्त भइरहँदा डा. रिजाल पाँचौं स्थानमा रहेका छन् ।