यी हुन् सन् २०२१ मा सबैभन्दा बढी प्रयोग भएका इमोजी
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १९ आइतबार
1.1k
Shares
काठमाडौँ । विश्वका भाषाहरू डिजिटलाइजेसनको लागि जिम्मेवार गैर लाभकारी संस्था युनिकोड कन्सोर्टियमले २०२१ मा सबैभन्दा बढी प्रयोग भएका इमोजीहरूको सूचि सार्वजनिक गरेको छ।
पछिल्लो समय सामाजिक सञ्जालमा कुराकानी गर्दा, पोस्टहरू गर्दा एवं कमेन्ट गर्दा धेरै जसो इमोजीहरू प्रयोग हुने गरेका छन् ।
शब्द भन्दा राम्रो अभिव्यक्ति तस्बिरले दिने भनाइ रहिआएका बेला इमोजीहरूले पनि शब्द भन्दा बढी अभिव्यक्ति प्रस्तुत गरेको देखिन्छ ।
युनिकोड कन्सोर्टियमले हरेक वर्ष सबैभन्दा बढी प्रयोग भएका अथवा लोकप्रिय इमोजीहरूको सूचि सार्वजनिक गर्दै आएको छ ।
जसअनुसार सन् २०२१ मा सबैभन्दा बढी प्रयोग हुने इमोजीमा खुसीको आँसु भएको अनुहार झल्काउने इमोजी रहेको छ । यस्तो दोस्रो नम्बरमा कृतज्ञता, प्रेम, खुसी वा आशा व्यक्त गर्न प्रयोग गरिने रातो मुटु जस्तो इमोजी रहेको छ ।
तेस्रो नम्बरमा अत्यधिक लड्दै हाँसिरहेको सङ्केत गर्ने इमोजी रहेको छ । चौथो नम्बरमा थम्ब्स अप इमोजी रहेको छ ।