arrow

कम्युनिस्टमा एकताको विकल्प छैन – चित्रबहादुर केसी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १० शुक्रबार
chitra-bahadur-kc-211.jpg

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली कम्युनिस्टभित्र बेला बेला झगडा भए पनि एकताको विकल्प नभएको बताएका छन् । शुक्रबार चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेसनको उद्घाटनका क्रममा शुभकामना सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यस्तै उनले नेपाली कम्युनिस्ट आन्दोलनभित्रको आन्तरिक विवाद विदेशीलाई देखाउनु समस्या भएको बताएका छन् । उनले भने, ‘विश्वमा कम्युनिस्ट आन्दोलन ओझेलमा परिरहेका बेला सबैभन्दा बढी झगडा नेपलामा रहेको बताउँदै त्यसलाई विदेशमा देखाएर हाम्रो औकता देखाउन खोज्छौँ यसरी हुँदैन ।’

यस्तै उनले राज्य र जनताको स्वार्थलाई अगाडि राखेर राजनीति गर्नुपर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ