arrow

मलद्धारमा लुकाएर सुन तस्करी : ट्वाइलेट गराएर निकालियो सुन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
gold-pure2.jpeg

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्धारमा लुकाएर सुन ल्याएको पाइएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले मलद्वारमा लुकाएर ल्याइएको आधार किलो सुनसहित बुधबार बिहान भारतीय नागरिक मोहम्मद जुबेदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको जनाएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार शङ्कास्पद देखिएपछि उनीमाथि चेकजाँच गरिएको थियो।

त्यसपछि प्रहरीले ती भारतीय नागरिकलाई पानी तथा चिया पिउन लगाएर शौचालयमा पठाइ दिशामार्फत सो सुन निकाल्न लगाएको हो।

सुन निकालिएपछि प्रहरीले उनीमाथि थप अनुसन्धानअघि बढाएको जनाएको छ। पक्राउ परेका ती व्यक्तिलाई भन्सार विभागको जिम्मा लगाइएको प्रहरीले बताएको छ।

नेपाल प्रहरीले आर्थिक वर्ष २०७७/०७८ मा २७ करोड १५ लाख ९१ हजार ६ सय ८० रुपैयाँ बराबरको अवैध सुन बरामद गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ