arrow

वर्तमान सरकारले गरिब, निमुखा र आवाज विहीनहरूको आवाज बनेर काम गर्छ : नेता बानियाँ

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
indra-baniya-1.jpg

हेटौडा । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले चार दलीय गठबन्धनको संयुक्त प्रयासबाट बनेको वर्तमान सरकारले गरिब दुःखी, निमुखा र आवाज विहीनहरूको आवाज बनेर काम गर्ने विश्वास व्यक्त गरेका छन् । 

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संसद्मा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि धारणा राख्दै नेता बानियाँले यो सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशका १ सय १९ वटै स्थानीय तहका विद्यार्थीलाई निःशुल्क प्राविधिक विषय पढाउने निर्णय गरेकोसमेत स्मरण गरे । 

उनले नेकपा एमालेले जनतामा भ्रम सिर्जना गरेर सत्ताको आयु लम्ब्याए पनि अन्ततः एमालेको असलियत सबैले बुझेको बताए । उनले सत्तारुढ गठबन्धनको बचाउ पनि गरे । 

गठबन्धनले सङ्घीयता, संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने उनको भनाइ छ । जनअभिमतलाई स्वीकार गर्न नसकेका कारण एमालेले यो अवस्था झेल्नु परेको उनले बताए । वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रमुख प्राथमिकता दिने र समुन्नत प्रदेश निर्माण गर्ने उनले बताए । 

असंवैधानिक र अलोकतान्त्रिक गतिविधि गरेर सरकारबाट बहिर्गमन भएकाहरूलाई जनताले आगामी निर्वाचनमा उनीहरूको हैसियत देखाइदिनेसमेत बानियाँले बताए । बानियाँले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिन सबैसमक्ष आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ