arrow

पार्टी भित्रका ‘भजन मन्डली’हरुले नेतृत्वलाई अलमलमा पारिरहेका छन् : नेता सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
prakasman-sing0.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमानसिंहले लोकतान्त्रिक पार्टी भित्रको नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बताएका छन् ।

उनले पार्टीको नेतृत्वले हेलचेक्राई गर्दा इतिहासकै कमजोर अवस्थामा आईपुगेको टिप्पणी गरे । पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफुहरू नै पार्टी सुधारमा लाग्नुपर्ने बताए ।

‘पार्टी भित्रको समस्यामा कुरा हामीले नउठाए कस्ले उठाउँछ ? पार्टीको समस्या हामी आफैं समधान गर्ने हो’ नेता सिंहले भने, ‘बाटो विराउनेलाई बाटो देखाउनु पर्दछ । आलोचना गर्दा पार्टीको विधी र पद्धतीको रक्षा हुन्छ ।’

नेता सिंहले पार्टी भित्रका ‘भजन मन्डली’हरुले नेतृत्वलाई अलमलमा पारिरहेको समेत बताए । आइतबार नेपाली काँग्रेस किर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले काँग्रेसको इतिहास राम्रो छ, भन्दैमा चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाईदिने पनि बताए ।

उनले १३ औं महाधिवेशन पछि काँग्रेस इतिहासको कम्जोर अवस्था आईपुगेको बताए । अहिले कै अवस्था कायम रहे  राष्ट्रिसभाको चुनावमा भाग लिनबाट पार्टी बञ्चित हुनुपर्ने जोखिम आएको भन्दै त्यसको जिम्मेवारी बर्तमान नेतृत्वले लिनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै नेता सिंहले आगामी महाधिवेशन पार्टी सभापतिको उम्मेद्वार बन्न आफु तयार रहेको बताए । फरक प्रसङ्गमा नेता सिंहले ओली सरकारले न्यायापालिकालाई हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको दाबी गरे । उनले अदालत लगायतका निकायमा राजनीतिक नियुक्त, संविधानको भावना विपरीत काम गर्दा समस्या उत्पन्न भएको जिकिर समेत गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ