अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोहोर्याउन हुँदैन : सिंह
मूल्यबृद्धि तत्काल फिर्ता लिन नेता सिंहको माग
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १३ शनिबार
489
Shares
काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरूलाई पदमा दोहोर्याउन नहुने बताएका छन् ।
नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समिति काठमाडौंले शनिवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमा बौल्दै नेता सिंहले १३ औं महाधिवेशन पछि नेतृत्व पाएकाले जिम्मेवारी पुरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताए । उनले पटक पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पुरा गर्न नसक्ने नेतालाई पुन जिम्मेवारी दिए पार्टीको अवस्था अझै धेरै विग्रने बताए ।
‘अहिले पार्टीको परम्परा नै मिचिएको छ । देश बनाउँछु बनेर अगाडी बढ्ने नेताहरुले आफ्नै पार्टीको अबस्था नाजुक बनाएका छन्,’उनले भने अबसर पाएर पनि काम नगर्नेहरुलाई रिपिट गर्न हुन्न । यसले पार्टीलाई फाइदा गर्दैन ।’
साथै नेता सिंहले अझै पनि केही जिल्लामा क्रियाशील सदस्यता विवाद कायम रहेका बताउँदै विधी र नियमपूर्वक समाधान गर्नुपर्ने बताए । उनले रौतहट जिल्लाका कार्यकर्ताहरु धर्ना बसेको सय दिन वितिसक्दा पनि नेतृत्व मौन रहेका बन्दै आपत्ति समेत जनाए । विधी र नियम अनुसार अगाडी बढेको भए अहिलेको समस्या नआउने भन्दै नेता सिंहले विधी र नियम पालना गर्न अहिलेको नेतृत्वलाई कस्ले छेक्यो भन्ने प्रश्न गरे । पार्टीका आगामी १४औं महाधिवेशनलाई कमीकमजोरी सुधार गर्ने मौकाको रुपमा लिनु पर्ने उनको भनाई छ ।
साथै नेता सिंहले अहिले न्यायालयमा देखिएको समस्या संविधानको मर्म र भावना अनुसार नै समधान गर्नुपर्ने बताए । न्यायालयमा राजनीतिक व्यक्तित्वले हस्तक्षेप गर्न नहुने भन्दै नेता सिंहले निश्चित व्यक्किो स्वार्थका कारण न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको बताए ।
फरक प्रसङ्गमा नेता सिंहले चाडपर्वको मुखमा सरकारले ग्यास र डिजेल लगायतका इन्धनको मूल्य बढाए र गल्ती गरेको बताए । जनतालाई राहत दिने ठाँउमा सरकारले मूल्य बढाएर जनतालाई मारमा पारेको उनको टिप्पणी थियो । आफुले गर्न सक्ने काम नगर्ने र त्यसको क्षतिपूर्तिको लागि मूल्य बढाउने काम गलत भएको भन्दै नेता सिंहले मूल्यबृद्धि तत्काल फिर्ता लिन माग समेत गरे ।