माओवादीसँग एकता असम्भव, एमालेमा फर्किने कुरा कल्पना : नेपाल
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
655
Shares
कास्की । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग तत्काल एकता सम्भव नभएको बताएका छन् । माओवादी केन्द्रसँग तत्काल पार्टी एकता सम्भव नभएको भन्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई चुनावसम्म बलियो र शक्तिशाली पार्टी बनाइने जिकिर गरे ।
“वामपन्थी पार्टी मिलुन्, सबै कम्युनिस्ट एक ठाउँमा आउन् भन्ने चाहना केही व्यक्तिको होला । त्यो राम्रो कुरा पनि हो तर माओवादीसँग तत्काल एकता सम्भव छैन । चुनाव अघि हामी एकता होइन यो पार्टीलाई बलियो र शक्तिशाली बनाएर अघि बढ्छौँ ।” उनले भने ।
अध्यक्ष नेपालले एमालेमा फर्किने कुरामा कल्पना समेत नगरिएको बताए । अध्यक्ष नेपालले अहिले एमालेमा बसेकाको बेहाल भएको र भविष्यसमेत नरहेको जिकिर गरे।
एकीकृत समाजवादीलाई विचार र नीति प्रधान पार्टी बनाउँदै सर्वहारा श्रमजीवी जनताको पार्टीका रूपमा स्थापित गरिने र आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनसँग मिलेर अघि बढ्ने उनको भनाइ थियो ।