arrow

खार्पुनाथ गाउँपालिकाले थाल्यो वर्षाले पुर्याएको क्षतिको विवरण संकलन  

logo
जनकबहादुर शाही,  
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
pahiro-humla-kharpunath.jpg

हुम्ला । हुम्लामा पहिलो पटक अविरल वर्षाले पुर्याएको क्षतिको विवरण संकलन गर्न शुरु गरिएको छ। सो कार्य खार्पुनाथ गाउँपालिकाले शुरु गरेको हो । गत आइतबारबाट ३ दिन परेको अविरल वर्षाले गाउँपालिकाका ५ वटै वडामा बाढी पहिरोबाट भएको क्षतिको विवरण संकलन गर्न लागेको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए । 

वर्षाले जिल्लाभर ठूलो जनधनको क्षति भएको छ । ती दिनको वर्षाले खार्पुनाथ ण् ५ बाहेक अन्त कतै मानवीय क्षति नभए पनि भौतिक (घर, खेतबारीमा लगाएको अन्नबाली, पुलपुलेसा, पाटीपौवा, पशुपंक्षी, मन्दिर, बाटोघाटो, खानेपानी र सिचाई कुलोमा क्षति प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । 

वर्षाले जिल्ला भरि नै क्षति पुर्याएको भए पनि अहिलेसम्म कुनै गाउँपालिकाकाले आफ्नो पालिकामा के कति क्षति भएको छ यसको यकिन विवरण संकलन गर्न सकेको छैन । तर खार्पुनाथ गाउँपालिकाले भने आफ्नो गाउँपालिका क्षेत्रभित्र बाढी पहिरोले के कति क्षति गरेको छ सोको विवरण संकलन गर्न अनुगमन थालेको हो । 

बेमौसमी वर्षाका कारण खार्पुनाथ गाउँपालिका ५, खर्पेलगाउँमा पहिरोले पुरिँदा एकै घरका ६ जनाको ज्यान गएको छ । अविरल वर्षाले गरेको मानवीय क्षतिसँगै पालिकामा ठूलो भौतिक क्षति भएको छ । 

शनिबार गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलको नेतृत्वमा गाउँपालिका अन्तर्गत विषयगत शाखाका कर्मचारी, संचारकर्मी र जनप्रतिनिधिको टोलीले वर्षाले  गााउँपालिकाभर के कति क्षति भयो त्यसको सत्यतथ्य विवरण संकलनका लागि खार्पुनाथ ५ खर्पेगाउँबाट अनुमनको शुरूआत गरेको हो ।

पहिरोले खार्पुनाथ गाउँपालिका वडा नं ५ को खर्पेलगाउँमा घर पुरिँदा ६ जनाको ज्यान गएको थियो । अनुगमनको पहिलो दिन पहिरोमा पुरिएर भत्किएको घरसहित बाढी पहिरोबाट गाउँमा भएको अन्य क्षतिको निरीक्षण तथा अनुगमन गरिएको छ । 

निरीक्षणका क्रममा गाउँमा अन्य १० वटा घर उच्च जोखिममा रहेको, कुरिल्लादेखि खार्पुसम्म सडक भत्किएर मानिसलाई हिँड्नसमेत कठिनाइ भएको, अविरल वर्षाले सयौं रोपनी खेतमा लगाएको पाकेको (चिनो, कोदो, फापर, आलु, सिमी र धान) वाली बगाएर लाखौंको क्षति भएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष रावलले बताए ।

गाउँपालिकामा अविरल वर्षाले गरेको क्षतिको लगत संकलन गरी मूल्यांकनपछि पालिकाको आर्थिक ब्ययभार हेरी राहत दिन सक्ने भए गाउँपालिकाले दिने र यदि गााउँपालिकाबाट संभव नभए प्रदेश र संघीय सरकारलाई आग्रह गर्ने अध्यक्ष रावलले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ