arrow

देउवा र पौडेललाई कांग्रेसबाट ‘रिटायर्ड’ हुन सिंहको आग्रह

logo
रासस,
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
prakash-man-dhading--nc.jpg
तस्बिर : रासस

धादिङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उपसभापति प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट ‘रिटायर्ड’ हुन आग्रह गरेका छन् । 

आमाको किरिया पुत्री बसेका नेपाली काँग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारीलाई आज भेट्न धादिङ आएका काँग्रेस नेता सिंहले नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने सङ्केत गर्दै पार्टीलाई नीति र विधिअनुसार सञ्चालन गर्नका लागि आफू नै योग्य भएको बताए ।

वर्तमान नेतृत्वले पार्टीलाई सही दिशामा लान नसकेको आरोप लगाउँदै उनले सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चालन गर्दै हिँडेकाले अबको नेतृत्व पुरानाले होइन नयाँले गर्नुपर्ने बताए । उनले भने,' सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले  काँग्रेसबाट ‘रिटायर्ड’ लिनुपर्छ ।'

अझै तीन जिल्लाको सदस्यता विवाद भएकाले सो समाधान गरेर अब तोकिएकै समयमा महाधिवेशन गर्नै पर्ने उनको माग छ । यसअघि महाधिवेशन तोकेपछि जस्तोसुकै कठिन अवस्थामा पनि सम्पन्न गर्ने गरेकाले अहिले तीन पटक महाधिवेशन तोकेर पनि सर्दै आएकामा चिन्ता व्यक्त गरे । अझै तीन जिल्लामा सदस्यता विवाद भएकाले विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनअनुसार गर्नुपर्ने बताए । 

पार्टीको महाधिवेशन समयमै गर्नुपर्ने बताउँदै आफू देउवा र रामचन्द्रपछिको नेता भएकाले संस्थागत रूपमा पार्टी चलाउन आफूले नेतृत्व गर्नुपर्ने बताए । पार्टी सुदृढीकरण र शुद्धीकरणको अभियानमा आफू लागेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ