arrow

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो, कारोबार रकम समेत खुम्चियो

logo
रासस,
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ। सेयर कारोबार हुने साताको आज अन्तिम दिन नेप्से परिसूचक १४.७० अङ्कले ओरालो लागेर दुई हजार ५५६.९५ मा ओर्लेको छ। यस्तै ठुला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६५ अङ्कले घटेर ४८३.३९ मा ओर्लेको छ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम समेत खुम्चिएको छ। कूल २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर रु दुई अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० मूल्यमा खरिद बिक्री भए। आजको कारोबारपछि बजार पुँजीकरण रु ३५ खर्ब ७९ अर्ब ७८ करोड ५३ लाख ८० हजारको हाराहारीमा रहेको छ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लागेको छ। अन्य २१.९१ र सामूहिक लगानी कोष ०.०६ अङ्कले बढेको छ। यस्तै, बैङ्किङ ७.०५, व्यापार ६७.४१, होटेल तथा पर्यटन ५८.९, विकास बैङ्क ९४.४४, जलविद्युत् ४६.०५, वित्त ४६.३९, निर्जीवन बिमा २३.४६, उत्पादन १०५.४२, लघुवित्त १४.८४, जीवन बिमा १०५.२५ र लगानी ०.३७ अङ्कले घटेको छ।

कारोबारका आधारमा सानिमा बैङ्क शीर्ष स्थानमा रहेको छ। सो बैङ्कको रु २७ करोड १२ लाख ९७ हजार ६०९ बराबरको कारोबार भयो। यस्तै माछापुच्छ्रे बैङ्क रु ११ करोड ५६ लाख १३ हजार ९६२, नबिल बैङ्क रु नौ करोड ६४ लाख १८ हजार ३७६, सिद्धार्थ बैङ्क रु आठ करोड एक लाख २० हजार ८५२ र युनाइटेड मोदी हाइड्रोपावर रु सात करोड ५४ लाख पाँच हजार ५९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए।

यस्तै नेप्सेका अनुसार मेरो माइक्रोफाइनान्सको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो। त्यस्तै सिटिजन म्युचुअल फण्ड ५.२६, आइसिएफसी फाइनान्स ४.२१, सनराइज ब्ल्यू चिफ फण्ड ३.८१ र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले ३.७० प्रतिशतले कमाए।

यसै गरी, जोशी हाइड्रोपावर ५.८७, गुडविल फाइनान्स ५.०९, ग्रीन डेभलपमेन्ट बैङ्क ४.७४, रैराङ हाइड्रोपावर ४.२८ र शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ४.२२ प्रतिशतले गुमाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ