पोखरा । नेपाली कांग्रेस धादिङका पूर्वसभापति तथा पूर्वसांसद रामनाथ अधिकारीलाई मातृशोक परेको छ । नेता अधिकारीकारी आमा टीकादेवी अधिकारीको ८१ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको हो । टीकादेवीका एक छोरा र ४ छोरी छन् ।
यसैबीच नेपाली कांग्रेस धादिङले टीकादेवीको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सभापति रमेशप्रसाद धमलाले टीकादेवी पार्टीका पूर्वसभापति अधिकारीकी मात्रै नभइ सिंगो कांग्रेसीजनकी आमा भएकाले सम्पूर्ण कांग्रेसीहरु मर्माहत एवं स्तव्ध भएको जनाएका छन् ।
उनले अधिकारी परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्दै समवेदना व्यक्त गरेका छन् ।
यता, नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिले पनि अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।
समितिका सभापति लालप्रसाद पाठक र सचिव माधव लम्सालले पार्टीका पूर्वसभापति एवं पूर्व सांसद अधिकारीकी ममतामयी माता टीकादेवी अधिकारीको निधनले कांग्रेसका लागि अपूरणीय क्षति पुर्याएको उल्लेख गरेका छन् ।