arrow

दसैँमा नेपालको शुभकामना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २८ बिहिबार
madhav-kumar-nepal-media-brief.jpg

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दसैँका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिएका छन्।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले बिहीबार शुभकामना सन्देश जारी गर्दै विभिन्न जाति समुदायको एकताले राष्ट्रको विकास र जनताको समृद्धिको चाहना पूरा हुने विश्वास व्यक्त गरे ।

सन्देशमा उनले भनेका छन्, “हाम्रो मुलुकमा प्रचलित विविधता तथा मौलिक संस्कृति र परम्पराले विश्व मानचित्रमा नेपालको गौरव बढाएको छ ।”

अध्यक्ष नेपालले दसैँ, तिहार, नेपाल संवत् ११४२, छठ, ल्होसार, उँधौली पर्वलगायत नेपाली चाडपर्वले सम्पूर्ण नेपालीका बिचमा आपसी सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ