arrow

महाधिवेशन सम्पन्न गरेर तत्कालै राष्ट्रिय चुनावमा जानुपर्छ : नेता सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
prakashman-congress.jpg

काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४ओैं महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताएका छन् ।

बिगतका कमीकमजोरीबाट पाठ सिकेर सरकार अघि बढ्न नचाहेको र संसद प्रभावकारी बनेर चल्न् नसकेकाले संसदीय मूल्य मान्यता अनुरुप संसदले काम गर्न नपाएपछि फ्रेस ईलेक्सनमा जानुपर्ने बताएका हुन् ।

नेपाली कांग्रेस काठमाडौ महानगर २२ नम्बर वडाले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै झन्डै दुई तिहाई जनमत पाएको सरकारबाट बाहिरिनुको कारण विधि विधि नमानेर कानुन भन्दा माथि बसेर जे पनि गर्दा हुन्छ भन्ने मनसायले अघि बढ्दा समस्या आएको बताएका हुन् ।

उनले गत चुनाव अगाडि आइजीपी प्रकरण र प्रधानन्यायाधीश माथिको महाअभियोगले जनतामा कस्तो प्रभाव पार्यो भन्नेकुरा नबिर्सिन समेत अपिल गरे । देउवा सरकार ले यतिका दिन लगाएर पुर्णता पाएपछि उठेका गम्भीर प्रश्नमाथि ख्याल ख्याल सोच्न नहुने समेत बताउनु बताए ।

नेता सिंहले पार्टी भित्रका केही मान्छेहरुको गलत कार्यले सिंगो पार्टीले मूल्य चुकाउनुपर्ने भन्दै पदमा बस्नेले जे मन लाग्यो त्यही गर्ने अनि जनतामा हामीहरुले जवाफ दिंदै ढाकछोप गर्नुपर्ने परिस्थिति आएको पनि बताए ।

पार्टी भित्रको एउटा समूह सुरु देखिनै आफू बिरुद गलत भ्रम फैलाउन लागेको भन्दै गणेशमान र मंगलादेबीको छोरा भएर  बिरासतको राजनीति गर्यो भन्ने आरोपको पनि कडा प्रतिवाद गरे । नेता सिंहले अवसर पाएर काम गर्न नसक्नेहरुको गुनगान गाएर आफ्नो स्वार्थ पुरागर्ने जमातका कारण पार्टी र लोकतन्त्र कमजोर बनेको भन्दै गलत कुरालाई आफुले सही भन्न नसक्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ