कांग्रेसको प्रतिनिधिमण्डलले भारतीय विदेशमन्त्री डा.एस जयशंकरलाई भेट्यो
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २३ शनिबार
960
Shares
काठमाडौं । भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले शनिबार भारतीय विदेशमन्त्री डा.एस जयशंकरसँग भेटवार्ता गरेको छ ।
सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको टोलीको नेतृत्वमा नयाँदिल्ली पुगेको प्रतिनिधिमण्डल र डा.एस जयशंकरसँग दुई देशको सम्बन्ध थप सुमधुर बनाउने अवसर मिलेको डा.महतले बताएका छन् ।
दोस्रो दिन शनिबारको उक्त भेटवार्ता अत्यन्त सौहार्द्रपूर्ण वातावरणमा भएको र नेपाल भारतबीचको अनुपम सम्बन्धमा यदाकदा देखापर्ने समस्या र तिनको समाधानका सम्बन्धमा विस्तृत छलफल भएको डा.महले बताएका छन् ।
भ्रमण टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा साथमा छन्। पाँच दिनको भ्रमणका क्रममा उनीहरुले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरुका साथै सरकारी अधिकारहरुसँग भेट्ने कार्यक्रम छ ।