arrow

काँग्रेस पदाधिकारी बैठक बालुवाटारमा : मन्त्रीको नाम दिँदै पौडेल र सिटौला 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
deuba-home-house-pm-niwash-congress.jpg

काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक सुरु भएको छ।

सत्ता गठबन्धनले मन्त्रीको सङ्ख्या र मन्त्रालयको भागबन्डा टुङ्गाएपछि प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीलाई मन्त्रीबारे छलफल गर्न बालुवाटार बोलाएका हुन्।

त्यसअघि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले आआफ्नो समूहबाट मन्त्री कसलाई पठाउने भन्ने बारे छलफल गरेका थिए। त्यसपछि प्रधानमन्त्री निवासमा सबै शीर्ष नेता भेला भएका हुन्।

‘प्रधानमन्त्रीले मन्त्रालय बाँडफाँड र मन्त्रीको सङ्ख्याबारेमा बैठकमा जानकारी गराउनु हुनेछ, त्यसपछि वरिष्ठ नेता र सिटौला समूहबाट प्रधानमन्त्रीले मन्त्रीको नाम माग्नुहुनेछ,’बालुवाटार स्रोतले भन्यो।

प्रधानमन्त्री देउवाले पौडेल पक्षलाई दुई र सिटौला पक्षलाई एक मन्त्री दिने तयारी गरेका छन्। काँग्रेस भित्र पौडेल समूहबाट दिलेन्द्र बडु, डा. मिनेन्द्र रिजाल र तेजुलाल चौधरी मन्त्री बन्ने कसरतमा छन्।

सिटौला समूहबाट भीमसेनदास प्रधान र उमाकान्त चौधरी मध्ये एक जना मन्त्री बन्ने छन्। यस्तै काँग्रेस संस्थापनबाट पुष्पा भुषाललाई समेत प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद्मा लग्ने तयारी गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ