arrow

नेपालमा संक्रमणदर १८.८ प्रतिशत, ६ जनाको मत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
corona-variant.jpg

काठमाडौँ । नेपालमा कोरोना संक्रमणदर १८.८ प्रतिशत छ । पछिल्लो २४ घण्टामा छ जनाको मत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार १८० जनाको मृत्यु भइसकेको छ । 

नेपालका पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १९ छन् । पाँच सयभन्दा बढी संक्रमित हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही छन् ।

पछिल्लो २४ घण्टामा ९६८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार १६ हजार ४२ मा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । मंगलवार थपिएकासँगै देशभर सक्रिय संक्रमित १६ हजार २४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ११४ जनाले संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७१ हजार ३३८ छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६.६ प्रतिशत छ ।

हाल देशभर ३३५ जना सघन उपचारकक्ष (आइसीयू), १२२ जना भेन्टिलेटर, १५ हजार ११७ जना होम आइसोलेशन, एक हजार १३१ जना संस्थागत आइसोलेशन र २३७ जना क्वारेन्टिनमा छन् ।

मंगलवार एक लाख ३२ हजार ८९६ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म ७९ लाख १३ हजार ५५५ जनाले पहिलो मात्रा र ६४ लाख नौ हजार १९६ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ