माधवकुमार नेपालको स्वास्थ्य अवस्था सामान्य बन्दै, केही दिन घरमै आराम गर्ने
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
842
Shares
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । उनी अस्पतालबाट डिस्चार्ज भएको नेपालको निजी सचिवालयले जनाएको छ ।
ज्वरो र खोकीको समस्याका कारण बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना उनी आज सोमबार विहान डिस्चार्ज भएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा.सन्तकुमार दाससहितको टोली सहभागि थियो ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएकाले केही दिन घरमै आराम गर्नुहुने सचिवालयले जनाएको छ ।