काठमाडौं महानगरमा प्रकाशमान निकट नीलकाजीको प्यानल जित नजिक
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
2.5k
Shares
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकाको अधिवेशनमा पूर्व महामन्त्री प्रकाशमान सिंह निकट नीलकाजी शाक्यको प्यानल जित नजिक पुगेको छ ।
सिंहको समूहबाट उम्मेदवार बनेका शाक्यले सभापति शेरबहादुर देउवा र भीमसेनदास प्रधान समूहबाट उम्मेदवार बनेका प्रगतिमान रञ्जितलाई धेरै मत अन्तरले पछाडी पारिसकेका छन् ।
सो समूहबाट सचिवका उम्मेदवार सुसन वैद्यले सात सय मत गन्दा आधा मतअन्तरले शाक्यको प्यानल अगाडी रहेको र मत गणना जारी रहेको बताए ।