arrow

थप सात जनाको मृत्यु, १.४ प्रतिशत मृत्यु दर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ११ सोमबार
corona-variant.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप सात जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार १०३ पुगेको छ । कोरोनाबाट हुने मृत्यु दर १.४ प्रतिशत रहेको छ ।

पछिल्लो समय थप एक हजार २६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६२ हजार ४१६ पुगेको छ । संक्रमणमुक्त हुने दर ९६ दशमलव २ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । 

देशभर पछिल्लो २४ घण्टामा थप एक हजार २८२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । पछिल्लो समय १५ हजार ४८८ को परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको हो । 

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको सङ्ख्या सात लाख ९२ हजार ३६७ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९० हजार ८५४ रहेको छ । 

हाल नेपालमा १७ हजार ५३५ होम आइसोलेशन र एक हजार ३१३ जना संस्थागत आइसोलेशन रहेका छन् । त्यसैगरी ३८५ आईसीयू र १२५ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय संक्रमितको सङ्ख्या १८ हजार ८४८ जना रहेको छ । हाल क्वारेन्टिनमा रहनेको सङ्ख्या २५६ रहेको छ । 

 त्यसैगरी पछिल्लो समय तीन लाख १२ हजार ८७४ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ