arrow

अध्यक्ष नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गरिने (पूर्णपाठ)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ५ मंगलबार
madhav-kumar-nepal-ncp-socialist.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपाल मंगलबार पेश गरेको ले राजनीतिक प्रतिवेदनमाथि समुहगत छलफल गर्नका लागि पाँचवटा समुह विभाजन गरिएको छ ।

मंगलवार सुरु भएको पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । बैठकमा अध्यक्ष नेपालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि समुहगत छलफल गर्नका लागि पाँचवटा समुह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

त्यस्तै मंगलबारको बैठकमा थपिएका केन्द्रीय कमिटी सदस्यहरुलाई सपथ गराइएको पनि उनले जानकारी दिए । उनले भने, ‘थपिएका केन्द्रीय कमिटीका सदस्यहरु जो हामीले निर्वाचन आयोगमा बुझाएका थियौं ११६ जनाको नाम थियो । उहाँहरुलाई सनाखत गरिएका बाहेक, थप गरिएका केन्द्रीय कमिटी सदस्यहरुलाई सपथ गराएका छौँ । यसपश्चात पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । राजनीतिक प्रतिवेदन त्यसमा छलफल गर्नका लागि पाँचवटा समुहमा समुह छलफलका लागि सूची तयार पारेका छौँ र भोली बिहान १० बजे सम्मका लागि समय निश्चित गरेका छौँ ।’

पार्टीको बैठक बुधवार पनि बस्ने उनले जानकारी दिए । बुधबारको बैठकले समसामयिक प्रस्ताव परित गर्ने, कार्यविभाजन गर्ने उनको भनाई छ । आवधिक कार्ययोजना बनाइ तिनमहिने अभियान चलाएर देशभर पार्टी सुदृढिकरण र पार्टीलाई पुर्नजागृत गरिने योजना रहेको उनले उल्लेख गरे । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ