देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २६ शनिबार
889
Shares
काठमाडौं । शनिबार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापिय रेखा औसत भन्दा दक्षिणतर्फ रहेकाले मध्यम बर्षाको संभावना रहेको हो ।
नेपालमा भारतको पुर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापिय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापिय क्षेत्रको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार देशभर आंशिक देखि सामान्य वदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । वर्षाका कारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।