-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेले शुक्रवार पनि अवरोध गरेको छ ।
एमाले सांसदहरूको नाराबाजीपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
एमालेले आफ्ना १४ जना सांसदलाई कारबाही गरेको पत्र सभामुखले सूचनामा टाँस नगरेको भन्दै संसद् अवरोध गर्दै आइरहेको हो ।
शुक्रबारको बैठकमा सभामुख सापकोटाले बैठकको कारबाही सुरु भएको जानकारी दिने बित्तिकै एमालेका सांसदहरू उठेर रोस्टम घेर्न पुगेका थिए ।
यसअघि गत बुधवार समेत एमालेको नाराबाजीपछि संसद् अवरुद्ध भएको थियो । त्यस बखत अवरोधकै बिच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश संसद्मा पेश गरेको थियो ।