arrow

संसद बैठक शुरु हुनु अगावै एमसीसी विरुद्ध प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २३ बुधबार
MCC-againestttt.jfif

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट विद्यार्थी संगठनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा कोटेश्वरमा प्रदर्शन गरेको छ ।

बुधवार दिउँसो कोटेश्वर र सातदोबाटो क्षेत्रको सडक खण्डमा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

त्यस्तै एमसीसीकै विरोधमा स्वतन्त्र युवा अभियन्ताहरुले माइतीघर मण्डलामा कालो लुगा लगाएर प्रदर्शन गरेका छन् । उनीहरुले एमसीसी खारेज गर्नुपर्ने माग गर्दै नारावाजी सहित मार्चपास गरे ।

बुधबार संसद बैठक शुरु हुनुभन्दा अघि एमसीसीको विरोधमा प्रदर्शन भएको हो । बुधबार ४ बजे संसद बैठक बस्दैछ । बैठकमा एमसीसी पारित गर्नुपर्ने पक्षमा सरकार रहेको छ । संसदमा बिचाराधीन मुद्दाको रुपमा रहेको एमसीसीको पक्ष र विपक्षमा बहस भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ