arrow

उपत्यकामा यो वर्षकै ठूलो वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २१ सोमबार
weather-cloud.jpg

काठमाडौं । काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा ठूलो वर्षा भएको छ । बिहान साढे २ बजेपछि निकै नै ठूलो वर्षा काठमाडौंमा भएको थियो । झण्डै एक घण्टा निकै नै ठूलो वर्षा भएको थियो । उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो वर्षा भएको हो । यो यस वर्षको सबैभन्दा धेरै हो । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालले यसपालि काठमाडौं उपत्यकामा धेरै नै वर्षा भएको बताए । बर्खा लागेपछि पहिलो पटक सोमबार बिहान ठूलो वर्षा भएको हो ।

पछिल्लो २४ घण्टामा उपत्यकामा १०५ मिलिमिटर वर्षा भएको छ । यसको पूर्ण विवरण भने आउन बाँकी नै छ । काठमाडौं आसपासमा पनि भारी वर्षा भएको छ । 

उपत्यकामा वर्षा अहिले पनि रोकिएको छैन । निरन्तर परिरहेको वर्षाले जनजीवन अस्तव्यस्त भएको छ । 

उपत्यकाको वर्षाले जताततै हिलाम्य पारेको छ । कतिपय स्थानमा डुबान पनि भएको छ । निकास नहुने स्थानमा डुबान भएको हो । 

महाशाखाका अनुसार हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको  प्रभाव रहेको छ । उक्त प्रभाव अनुसार देशभर वर्षा भइरहेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ