arrow

प्रचण्डले महरालाई मन्त्रीको प्रस्ताव गरेपछि माओवादीमा बढ्यो विवाद  

नारायणकाजी श्रेष्ठ आफै पनि मन्त्री बन्न नपाउने भएपछि रिसाए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
prachanda-mahara.jpg
फाइल तस्विर।

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कृष्णबहादुर महरालाई च्यापेपछि पार्टीभित्र विवाद शुरु भएको छ। अध्यक्ष प्रचण्डले महरालाई पार्टीको प्रवक्ता बनाउनेदेखि गठबन्धन सरकारमा मन्त्रीको समेत प्रस्ताव गरेपछि विवाद शुरु भएको हो । सरकार विस्तारको गाँठो फुकाउन गठबन्धन दलका नेताहरू छलफलमा जुटेका बेला प्रचण्डले पार्टीभित्र महरालाई च्यापेका हुन् । 

सरकार बनेको डेढ महिना बित्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको अवस्थामा माओवादी केन्द्रमा विवाद उत्पन्न भएको छ । मन्त्रिपरिषद् विस्तार हुन नसक्दा सरकारका कामहरू अलपत्र पर्न थालेको भए पनि प्रचण्ड र माधव नेपालले मन्त्री बनाउने सूची दिन सकिरहेका छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवाले चार मन्त्री र एक राज्य मन्त्रीको भरमा सरकार चलाइरहँदा अप्ठेरो परेको छ। सत्ता गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले सात मन्त्री र एक राज्यमन्त्री पाउने, माओवादीले ६ मन्त्री पाउँदा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समान ५–५ मन्त्री र एक राज्यमन्त्री पाउने गरी सहमति जुटेको थियो । 

गत आइतबारको स्थायी कमिटी बैठकले मन्त्री छान्ने जिम्मेवारी पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो । शीर्ष नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायतले मन्त्रीमा दोहोरिने इच्छा देखाएपछि प्रचण्ड अप्ठ्यारोमा परे पनि वर्षमान पुन भने पन्छिएका थिए । देवेन्द्र पौडेल, हरिबोल गजुरेल, हितबहादुर तामाङ, शशी श्रेष्ठ, सुदन राईलगायत पनि मन्त्रीका आकाङ्क्षी छन् । तर प्रचण्डले एकाएक महरालाई मन्त्री बनाउनुपर्छ भनेपछि भने पार्टीभित्र विवाद उत्पन्न भएको हो । ‘सभामुखबाट यौन हिंसाको आरोप लागेर बाहिरिनु परेको छ, पार्टीकै शाख गिरेको छ, चिनियाँ सरकारसँग पैसा मागेको टेप रेकर्ड पनि बाहिरिएको छ। यस्ता बदनाम हुँदाहुँदै प्रचण्डले फेरी मन्त्री बनाउने प्रस्ताव गरेर पार्टीको बदनाम गराउन खोजेका छन्’, माओवादी केन्द्रका एक नेताले भने । 

माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्माले अर्थ मन्त्रालय र पम्फा भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । अब माओवादी केन्द्रले चारवटा मन्त्रालय पाउने भएको छ । जसमा महरा, पौडेल, राई हितबहादुर तामाङलाई मन्त्री बनाउने तयारी गर्दा महाराको नाममा विवाद आएको पनि ती नेताको भनाई छ । 

‘नारायणकाजी श्रेष्ठ आफै पनि मन्त्री बन्न नपाउने भएपछि रिसाएका थिए । त्यसमाथि महारालाई मन्त्री बनाउने प्रचण्डको निर्णयपछि झन् रिसाएका छन्’, श्रेष्ठ निकट रहेका एक नेताले भने । उनका अनुसार श्रेष्ठले शशी श्रेष्ठलाई मन्त्री बनाउन दबाब दिइरहेका थिए । प्रचण्डले शशी राज्यव्यवस्था समितिको सभापति रहेकाले अहिले नै मन्त्री बनाइहाल्नुपर्ने आवश्यकता नभएको भन्दै पन्छिएका थिए । ‘आफूले भनेको केही पनि नहुने भन्दै प्रवक्ताबाट राजीनामा दिएर प्रचण्डलाई घुर्क्याएको भए पनि प्रचण्डले झन् जगेडामा रहेको प्रवास विभागमा पठाएर श्रेष्ठको अपमान गर्ने र मन्त्री पनि उनले भनेको मान्छेलाई नबनाई महरालाई बनाउन लागेपछि श्रेष्ठ झन् रिसाएका हुन्’, श्रेष्ठ निकट स्रोतले भन्यो । 

माओवादीमा रहेका सबै सांसदहरूले अहिले पनि मन्त्रीका लागि लविंङ गरिरहेका छन् । तर प्रचण्डले पुराना अनुहारलाई नपठाउने भन्दै पन्छिएका थिए । मधेशबाट मातृका यादवले पनि मन्त्री दाबी गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ